Techie IT
२०८३ असार २७, शनिबार

कसरी गयो स्वीस दूतावास भित्र चितुवा?


दूतावासको कम्पाउन्डभित्र पसेको चितुवाको उद्धार गर्दै

काठमाडौं ललितपुरस्थित महालक्ष्मी नगरपालिका–१३ मा रहेको स्वीस दूतावासको कम्पाउन्डभित्र पसेको चितुवाको आज मंगलबार बिहान उद्धार गरिएको छ।

सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहका अनुसार बिहान करिब साढे ९ बजे दूतावास परिसरभित्र पसेको चितुवालाई उद्धार गरेर चिडियाखानामा ल्याइएको हो। ‘स्वीस दूतावासमा चितुवा पसेको जानकारी पाएपछि हाम्रो टोली जिल्ला प्रहरी परिसर ललितपुर र डिभिजन वन कार्यालयको सहयोगमा घटनास्थल पुगेको थियो,’ साहले बताए।

उनका अनुसार चितुवा सम्भवतः जंगलतर्फबाट बाटो बिराएर दूतावास परिसरमा पुगेको हुनसक्छ। ‘अहिले केही निश्चित रूपमा भन्न सकिने अवस्था छैन, अध्ययन भइरहेको छ,’ उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट