Techie IT
२०८३ असार २४, बुधबार

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने सम्भावना


देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु लागेको अवस्था छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ भने राति पनि मौसमको अवस्था यस्तै रहने अनुमान गरिएको छ।

विशेषगरी तराई क्षेत्रका भूभागमा तापक्रम हल्का घट्ने र हुस्सु लाग्ने सम्भावना रहेकाले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

मौसमको सम्भावित असरलाई ध्यानमा राख्दै यात्रु तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट