Techie IT
२०८२ माघ १२, सोमबार

अफगानिस्तानमा भीषण हिमपात र वर्षा: ६१ जनाको मृत्यु, सयभन्दा बढी घाइते


अफगानिस्तानमा पछिल्ला केही दिनदेखि लगातार परेको भारी हिमपात र वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपमा परी कम्तीमा ६१ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन्।

यस विपत्तिले देशका विभिन्न क्षेत्रमा ४५८ घर पूर्ण वा आंशिक रूपमा ध्वस्त पारेको प्राधिकरणले जनाएको छ। प्रारम्भिक विवरण मात्र सार्वजनिक गरिएको र प्रभावित स्थानहरूमा अझै सर्वेक्षण तथा क्षति मूल्याङ्कन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने आशंका गरिएको छ।

गत तीन दिनदेखि जारी अत्यधिक चिसो र हिमपातका कारण राजधानी काबुललाई अन्य प्रान्तहरूसँग जोड्ने प्रमुख राजमार्गहरू समेत अवरुद्ध भएका छन्, जसले उद्धार तथा राहत कार्यमा थप चुनौती सिर्जना गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट