Techie IT
२०८२ फागुन ३०, शनिबार

अफगानिस्तानमा भीषण हिमपात र वर्षा: ६१ जनाको मृत्यु, सयभन्दा बढी घाइते


अफगानिस्तानमा पछिल्ला केही दिनदेखि लगातार परेको भारी हिमपात र वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपमा परी कम्तीमा ६१ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन्।

यस विपत्तिले देशका विभिन्न क्षेत्रमा ४५८ घर पूर्ण वा आंशिक रूपमा ध्वस्त पारेको प्राधिकरणले जनाएको छ। प्रारम्भिक विवरण मात्र सार्वजनिक गरिएको र प्रभावित स्थानहरूमा अझै सर्वेक्षण तथा क्षति मूल्याङ्कन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने आशंका गरिएको छ।

गत तीन दिनदेखि जारी अत्यधिक चिसो र हिमपातका कारण राजधानी काबुललाई अन्य प्रान्तहरूसँग जोड्ने प्रमुख राजमार्गहरू समेत अवरुद्ध भएका छन्, जसले उद्धार तथा राहत कार्यमा थप चुनौती सिर्जना गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट