Techie IT
२०८३ भाद्र २६, शुक्रबार

आज–भोलि लुम्बिनी कर्णाली र सुदूरपश्चिममा चट्याङसहित वर्षाको चेतावनी


जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार (आज) र बुधबार (भोलि) सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार हाल नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको प्रभाव देखिएको छ।

महाशाखाले आज र भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने तथा अन्य भू–भागका थोरै स्थानमा पनि वर्षा पर्ने सम्भावना रहेको जानकारी दिएको छ।

त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

मौसमको यस प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले विभागले दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनामा ध्यान दिन आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट