Techie IT
२०८३ असार २१, आइतबार

पश्चिमी न्यूनचापीय प्रणाली पुन सक्रिय, यी क्षेत्रमा हिमपातको सम्भावना


हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न स्थानमा छिटपुट वर्षा भएको छ। सोमबार दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

देशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ। रातिको समयमा तराईका थोरै स्थानमा हुस्सु लाग्ने जनाइएको छ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का हिमपात तथा वर्षा हुनसक्ने देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट