Techie IT
२०८२ फागुन २७, बुधबार

काठमाडौँमा वायु प्रदूषण खतराको विन्दुमा: प्रहरीको ७-बुँदे सुरक्षा चेतावनी


प्रहरी प्रधान कार्यालयले काठमाडौँलगायतका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै नागरिकलाई स्वास्थ्य सुरक्षा र आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार, प्रदूषण बढेकाले आज सूचना जारी गरी आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन र सतर्क रहन सबैमा आग्रह गरिएको छ।

प्रहरीले पाँच बुँदे सुझावसहित नागरिकलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, सकेसम्म समूहमा सवारी प्रयोग गर्न वा एकापसलाई ‘लिफ्ट’ दिएर यात्रा गर्न, वरिपरि आगो नबालेको र फोहर नजलाएको सुनिश्चित गर्न, तथा प्रदूषण उच्च रहेको समयमा घर बाहिर गतिविधि नगर्न अनुरोध गरेको छ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरूले थप सतर्कता अपनाउन, मास्कको नियमित प्रयोग गर्न र श्वासप्रश्वासमा समस्या आए तत्काल नजिकैको अस्पताल वा चिकित्सकसँग सम्पर्क गर्न प्रहरीले सुझाव दिएको छ।

मौसममा आएको बदलीसँगै नेपालका सहरी क्षेत्रहरूमा प्रदूषणको मात्रा बढिरहेको छ। उपत्यकासहितका प्रमुख शहरमा स्वास्थ्य मन्त्रालयले पनि स्वास्थ्य सुरक्षा अपनाउन सर्वसाधारणलाई अनुरोध गरिसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट