आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ। त्यस्तै, बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस