यी स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना
हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण कोशी, मधेस र लुम्बिनी प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रही बाँकी क्षेत्रहरूमा आंशिक बदलीको अवस्था देखिएको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी–हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आज राति हिमाली भूभागमा सामान्य बदली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा अन्य पहाडी–हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस