Techie IT
२०८३ असार ९, मंगलबार

मौसम अपडेट: आज यी स्थानमा वर्षा–हिमपातको सम्भावना


हाल नेपालमा पश्चिमी स्थानीय वायु तथा पूर्वी नेपालको नजिक सक्रिय न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशभर मौसममा मिश्रित प्रभाव परेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीसहित मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने बताइएको छ।

यता मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागमा तापक्रम बढ्ने र तातो दिन हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

समग्रमा आज हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा अधिकांश समय मौसम सफा रहनेछ, तर केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट