Techie IT
२०८३ असार ३१, बुधबार

आज सातै प्रदेशमा भारी वर्षा र चट्याङको उच्च जोखिम


हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भूभाग नजिक अवस्थित रहेकाले मुलुकभर मौसमी सक्रियता बढेको हो।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली (बादल लाग्ने) रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, देशका पहाडी र तराई भूभागका धेरैजसो स्थानमा गर्जन र चट्याङसहित मध्यम वर्षा हुने महाशाखाले बुलेटिनमार्फत जनाएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा (Heavy Rain) को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ।

राति पनि देशभर आकास बादलले घेरिनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको अनुमान छ। देशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा पनि वर्षा जारी रहनेछ।

रातिको समयमा विशेष गरी कोशी प्रदेशको पहाडी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सजग रहन महाशाखाले अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट