Techie IT
२०८३ भाद्र २६, शुक्रबार

तत्काल भारी वर्षाको जोखिम छैन, कहाँ-कहाँ छ मध्यम वर्षाको सम्भावना?


हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहे पनि आगामी दुई दिन भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो वर्षाको सम्भावना नरहेकाले बाढी र पहिरोको जोखिम पनि तुलनात्मक रूपमा कम हुने महाशाखाको अनुमान छ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार धेरैजसो स्थानमा सामान्यदेखि मध्यम वर्षा मात्रै हुनेछ। हिजो-अस्तिको तुलनामा भोलि र पर्सी वर्षाको मात्रा अझ घट्ने देखिन्छ।

यद्यपि, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै मधेश प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना भने कायम रहेको मौसमविद् दाहालले जानकारी दिए।

विभागले केवल मौसमको अवस्था मात्र नभई त्यसले पार्न सक्ने प्रभावका आधारमा (प्रभावमा आधारित) पूर्वानुमान गर्दै आएको छ। मौसम सम्बन्धी पूर्वसूचनाका लागि विभागले समय-समयमा अद्यावधिक जानकारी गराइरहेकाले सूचनाप्रति सचेत रहन पनि सर्वसाधारणमा आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट