Techie IT
२०८३ श्रावण ७, बिहीबार

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ।

यसको प्रभावले यतिबेला मधेस र लुम्बिनीका तराई भूभागमा आंशिक बदली रहे पनि देशका बाँकी भूभागमा सामान्यतया बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र कर्णालीका केही स्थानहरूका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसोको मौसम
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानका साथै तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज रातिको मौसम
रातिको समयमा पनि देशभर मौसम सामान्यतया बदली नै रहनेछ। देशका पहाडी भूभागका केही र तराईका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको जोखिम रहेको छ।

भारी वर्षा र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट