Techie IT
२०८२ भाद्र २५, बुधबार

आज राति पनि धेरै ठाउँमा वर्षा हुने, काठमाडौंको झरी भोलिसम्मै


बिहीबारदेखिको निरन्तरको झरी आज शुक्रबार राति पनि कायमै रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौंमा बिहीबार रातिदेखि जारी वर्षा शनिबारसम्मै कायम हुने देखिन्छ ।

‘हामीले रेडअलर्ट जारी गरेका ठाउँ (काठमाडौं र अन्य क्षेत्रमा) आज रातभर नै वर्षा हुने देखिन्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘उपत्यकामा त शनिबार पनि झरी रहने सम्भावना छ।’ शनिबार पनि देशभर वर्षा हुने देखिए पनि आइतबार बिहानदेखि कम हुने आकलन गरिएको छ।

शुक्रबार राति मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ।

राति नै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ। कोशी,  बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानमा  धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षा चेतावनी दिइएको छ।

शनिबार देशभर बादल लाग्ने देखिन्छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली का धेरै स्थाना तथा सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षाको  सम्भावना छ।

नदी जलाधारको ३७ ठाउँमा वर्षाले चेतावनी तह पार गर्‍याे, बाढीको उच्च जोखिम
नदी जलधार क्षेत्रको ३७ ठाउँ (स्टेसन)मा वर्षाले चेतावनी तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको पछिल्लो २४ घण्टा (साँझ साढे ६ बजे)सम्मको तथ्यांकअनुसार नारायणी, बागमती, तिनाउ, कोशी, केसलिया,कन्काई, मेची तथा शिवालेकको पर्सा क्षेत्रमा वर्षाले चेतावनी तह पार गरेको हो।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र अरबसागरबाट आएको जलवास्पयुक्त हावाका कारण मंगलबारदेखि नेपालमा वर्षा भइरहेकामा बिहीबारदेखि देशभर फैलिएको हो। न्यून चापीय प्रणाली भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेकाले नेपालमा अझ धेरै प्रभाव परेको हो। मनसुनी वायु पनि कायमै छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट