Techie IT
२०८२ जेष्ठ ११, आइतबार

सगरमाथा पाँचपटक चढे विनायक मल्ल


पर्वत । जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजका ३७ वर्षीय विनायक जय मल्लले विश्वको सर्वोच्च शिखर सगरमाथाको पाँचौँ पटक सफल आरोहण गरेका छन् । विनायक सन् २०१७ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।

इलाइट एक्सपेडमा कार्यरत अन्तरराष्ट्रियस्तरको गाइडको अनुमतिपत्र प्राप्त गरेका मल्लले म्याग्दीको धवलागिरि गाउँपालिकाको मुदीमा अवस्थित धौलागिरि हिमालमा सन् २०१७ मा आरोहण गरेका तिए । मनास्लुमा पाँच र ल्होत्से हिमाल एकपटक आरोहण गरेको उनले बताए ।     
    
“आरोहणबाहेक उद्धारमा पनि धेरै ठाउँमा पुगेको छु, मृत्युको मुखमा पुगेका आरोहीलाई नयाँ जीवन दिन पाउँदा पेसाप्रति गर्व लाग्छ”, मल्लले भने । आठ हजार मिटर अग्ला हिमालबाहेक युरोप, इन्डोनेसिया, पाकिस्तानका हिमालमा दर्जनभन्दा बढी पटक आरोहण गरिसकेको उनले जानकारी दिएका छन् ।

हिमाल आरोहणजस्तो चुनौतीपूर्ण यात्रामा निरन्तर समर्पण, साहस र मेहनत आवश्यक पर्ने मल्लले बताए । हिमाल आरोहण टोलीसँगै केही दिनमा पाकिस्तान जान लागेको उनले बताए ।

म्याग्दी र पर्वत क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सक्रिय रहेका मल्लले कीर्तिमानी आरोही निर्मल पुर्जाबाट प्रभावित भएको बताए । उनले हिमाल आरोहणसँगै पर्यटन प्रवर्द्धनका क्षेत्रमा आगामी दिनमा थप सक्रिय हुने सोच बनाएका छन् । मल्लले नेपाल र विश्वका विभिन्न देशमा रहेका आठ हजार मिटर अग्ला १४ वटै हिमाल आरोहण गर्ने लक्ष्य रहेको बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट