Techie IT
२०८२ असार २४, मंगलबार

त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह


लगातारको वर्षासँगै त्रिशूली नदीमा जलप्रवाह तीव्र रूपमा बढ्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय धादिङले नदी किनार क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासनले सोमबार सार्वजनिक सूचना जारी गर्दै त्रिशूली नदीको माथिल्लो भूभाग—नुवाकोट र रसुवा क्षेत्रमा अत्यधिक वर्षा भईरहेकाले नदीमा आकस्मिक बाढीको खतरा बढेको जनाएको छ। साथै, वर्षाका कारण सडक तथा पुलहरूमा समेत क्षति पुगेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीको जोखिम बढेकाले नदी किनारमा बसोबास गर्ने बासिन्दालाई आवश्यकता नपरी नदी नजिक नजान, बालबालिका र पशु चौपाया सुरक्षित स्थानमा राख्न, र सम्भावित जोखिम क्षेत्रतर्फ गएका व्यक्तिहरूलाई तुरुन्त सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

प्रशासनले सुरक्षाका लागि सबै नागरिकलाई सचेत रहनुका साथै आवश्यक पर्दा नजिकको सुरक्षा निकाय वा स्थानिय प्रशासनसँग सम्पर्क राख्न अनुरोध गरेको छ।

हाल जिल्लाभित्रका सबै सुरक्षा निकायहरूलाई उच्च तयारी अवस्थामा राखिएको प्रशासनले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट