Techie IT
२०८२ भाद्र ९, सोमबार

हरितालिका तीज आजदेखि सुरू, किन चढाइनु पर्छ १६ थरीका बिरूवाका पात ?


काठमाडौं । नेपाली हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज आजदेखि सुरू भएको छ । महिलाहरूले आज दर खाएर हर्षोल्लासका साथ ऋषि पञ्चमीसम्म यस पर्व मनाउने परम्परा रहिआएको छ । अखण्ड सौभाग्यको प्रतीक मानिने यो पर्वमा महिलाहरूले निराहार उपवास बस्दै रातभर जागरण गरी भगवान् शिव–पार्वतीको पूजा–आराधना गर्छन् ।

साउनपछिको हरियालीसँग पनि यो पर्वलाई जोडेर हेरिन्छ । हरियाली जीवन र समृद्धिको प्रतीक भएकाले नयाँ उम्रिएका पातहरू शिवलिङ्गमा चढाइन्छन् र जीवनमा सधैं हरियाली कायम रहोस् भन्ने कामना गरिन्छ ।

हरितालिका तीजमा अर्पण गरिने १६ पात र तिनको महत्वः

बिल्वपत्र : शुभकामना

शमी पात : धन र समृद्धि

आँपको पात : शुभकार्य

जाती पात : सन्तानका लागि

भृङ्गराज पात : वीरता

सेवंतिका पात : दाम्पत्य सुख

अगस्त्य पात : महिमा

केराको पात : सफलता

बाँसको पात : पारिवारिक वृद्धि

देवदार पात : ऐश्वर्य

पानको पात : आपसी प्रेम

धतुरो पात : मोक्ष प्राप्ति

चम्पा पात : सौन्दर्य र स्वास्थ्य

कनेर पात : कीर्ति र सुख

नीम पात : सुन्दर चरित्र

अशोक पात : शान्तिमय जीवन

फलफूल अर्पणः

तीजमा केरा, स्याउ, नाशपाती, मेवा, अनार वा मौसमी फलफूलमध्ये कम्तीमा पाँच प्रकार शिवलाई अर्पण गर्ने चलन छ ।

पूजा विधिः

महिलाहरूले निराहार उपवास बस्छन् । साँझ बालुवा वा माटोबाट शिवलिङ्ग निर्माण गरी प्रदोष अवधिमा पूजा आरम्भ गरिन्छ ।

१६ प्रकारका पातहरू भगवान् शिवलाई क्रमशः उल्टो राख्दै अर्पण गरिन्छ भने फलफूल भने सुल्टो अर्पण गर्नुपर्छ । पूजापछि रातभर जागरण गरी शिव–पार्वतीका भजन गाइन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट