Techie IT
२०८३ असोज २०, मंगलबार

सिन्धुपाल्चोककी गंगा सोनामले जितिन् ‘नेपाल आइडल’ को उपाधि


गायन रियालिटी शो ‘नेपाल आइडल’ को छैटौँ सिजनमा सिन्धुपाल्चोककी गंगा सोनाम विजेता बनेकी छन्। राजधानीमा आइतबार राति सम्पन्न ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारिन्।

कार्यक्रम आयोजकका अनुसार सोनामले २५ लाख रुपैयाँसहितको उपाधि प्राप्त गरेकी छिन्। त्यसैगरी, फर्स्ट रनरअप बनेकी बबिता थापामगरले १० लाख रुपैयाँ, सेकेन्ड रनरअप दर्शना गान्धारीले ५ लाख रुपैयाँ, चौथो स्थान हासिल गरेका अभिनय खातीले १ लाख रुपैयाँ, र पाँचौँ स्थान प्राप्त गरेका मृनल मानन्धरले १ लाख रुपैयाँ प्राप्त गरे।

फिनालेमा गंगा सोनामसहित बबिता थापामगर, दर्शना गान्धारी, अभिनय खाती र मृनल मानन्धर प्रतिस्पर्धामा थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट