Techie IT
२०८३ जेष्ठ २४, आइतबार

आजबाट सोह्रश्राद्ध सुरु, पितृतर्पण र पिण्डदान गरिँदै


आजबाट सोह्रश्राद्ध अर्थात पितृ पक्ष सुरु भएको छ। यो पितृ पक्ष १५ दिनसम्म चल्नेछ र यस समयमा स्वर्गीय पूर्वजहरूको सम्झना गर्दै पिण्डदान, तर्पण र सिधादान गरिन्छ। पितृलाई सम्मानका साथ गरिएको यस परम्परालाई पितृ पक्ष वा सोह्रश्राद्ध भनिन्छ।

वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार चाडपर्व, यज्ञ र ठूला कार्य अघि पितृलाई श्रद्धा र भक्तिसहित सम्झेर सोह्रश्राद्ध गर्ने प्रचलन छ। आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म तिथिअनुसार पितृको श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो।

पितृहरूलाई प्रसन्न पार्न, जानेर वा नजानेर भएको अनादरको लागि कृतज्ञता व्यक्त गर्न र क्षमा माग्न यो धार्मिक परम्परा पालन गरिन्छ।

स्वर्गीय बुवाका सन्तान यस पर्वमा कुश, तील, जौ र फुली लिएर पोखरीमा विशेष पूजा गर्ने गर्छन्। पितृतर्पण गर्दा पूर्वजको आत्मालाई शान्ति प्राप्त हुने विश्वास रहँदै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट