यस वर्षको बडादशैंको साइत घोषणा

रासस
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको जानकारी दिएको छ। विजया दशमीको दिन देवी विसर्जनको साइत बिहान ९:२३ बजे पर्ने जनाइएको छ। टीका लगाउँदा पूर्व दिशातर्फ फर्किनुपर्ने परम्परा अनुसार निर्देश गरिएको छ।
२०७९ सालको बडादशैं असोज ६ गतेदेखि सुरु हुँदैछ। सो दिन घटस्थापना हुनेछ र घटस्थापनाको उत्तम साइत बिहान ९ बजेर १३ मिनेटमा रहेको समितिले सूचित गरेको छ।
अन्य महत्वपूर्ण कार्यक्रम र साइत यस प्रकार रहेका छन्:
असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत
असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा
असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे
असोज १३ गते सोमबार स्थिरासन बिहान ९:२३ बजे
तपाईको प्रतिक्रिया दिनुहोस