Techie IT
२०८२ मंसिर २२, सोमबार

दशैं टीकाको दिन वर्षाको सम्भावना


जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंको टीकाको दिन (असोज १६) समेत पानी पर्ने सम्भावना रहेको जनाएको छ। विभागले आज साँझ ६ बजे दशैं विशेष मौसम बुलेटिन जारी गर्दै अष्टमीदेखि दशमीसम्म मनसुनी वायुको प्रभाव कायम रहने बताएको हो।

बुलेटिनअनुसार अष्टमी (असोज १४) र नवमी (असोज १५)को तुलनामा दशमी अर्थात् टीकाको दिन वर्षाको सम्भावना बढी रहने देखिएको छ। विभागले मौसमको अद्यावधिक जानकारी लिएर आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

विशेष बुलेटिनमा उल्लेख गरिएको छ,

दशमी (असोज १६): बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरू, कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना।

नवमी (असोज १५): कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना।

अष्टमी (असोज १४): बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना।

विभागका अनुसार हाल मनसुन वायु केही कमजोर भए पनि नेपालबाट यसको पूर्ण बहिर्गमन भइसकेको छैन। सामान्यतया मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने मानिन्छ। तर हरेक वर्ष मितिमा फरक पर्छ। यस वर्ष मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ नै दशैंको टीकाको दिन परेको छ, जसका कारण दशैं अवधिभर मनसुनी प्रभाव रहने देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट