Techie IT
२०८३ असोज १९, सोमबार

आज गोवर्द्धन पूजा र हलि तिहार: गोरु र कृषकको सम्मानका साथ मनाइँदै


कार्तिक शुक्ल प्रतिपदाको दिन आज देशभर गोरु र कृषकको पूजाआजा गरी मीठा परिकार खुवाएर गोवर्द्धन पूजा तथा हलि तिहार मनाइँदैछ।

वर्षभर मानव हितका लागि खेत जोतेर सेवा गर्ने गोरुलाई आज विशेषरूपमा पूजा गरिन्छ। गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेको प्रतीकका रूपमा पनि सम्मानपूर्वक पूजा गर्ने परम्परा छ।

यस दिन वर्षभर गोरु जोत्ने हलि र अन्य कृषकलाई पनि पूजा गरी मिष्ठान्न परिकार खुवाइन्छ। यही कारण यो पर्वलाई ‘हली तिहार’ पनि भनिन्छ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको सानो पर्वत बनाएर त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने चलन छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उठाएर गोकुलवासीलाई मुसलधारे वर्षाबाट जोगाएको सम्झनामा यो पर्व मनाइने परम्परा रहेको धार्मिक विश्वास छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार गोवर्द्धन पूजा कार्तिक शुक्ल प्रतिपदाका दिन, अर्थात् आज सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट