देवघाटमा पितृउद्धारको कामनासहित शतबीज छर्न भक्तजनको भीड
पितृउद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्न आउनेहरूको घुइँचो लागेको छ। मङ्गलबार राति पितृका नाममा बत्ति बालेर आज बिहान भक्तजनहरूले शतबीज छरेका थिए।
गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौंलगायत विभिन्न स्थानबाट श्रद्धालुहरू देवघाटधाम पुगेर शतबीज छरेका हुन्। शतबीज छरेपछि मृतकले जीवित अवस्थामा गरेका पाप नाश हुने जनविश्वास रहेको बन्दीपुर गाउँपालिका–४ का टिकाराम पनेरुले बताए।
हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रासहितका सामग्री शतबीजका रूपमा छर्ने परम्परा छ।



तपाईको प्रतिक्रिया दिनुहोस