Techie IT
२०८२ चैत्र २६, बिहीबार

बझाङको बुडखोरीमा शिवरात्रि मेलाको ब्यापक तयारी, चर्चित कलाकारहरुले प्रस्तुती रहने


Photo: Karna Dhami

“संस्कृति हराए जातित्व हराउँछ, जातित्व हराए अस्तित्व हराउँछ” भन्ने मूल नाराका साथ बझाङको छविसपाथिभेरा गाउँपालिका - ७ बुडखोरीमा यस वर्षको शिवरात्रि मेला भव्य रूपमा आयोजना हुने भएको छ। शिवरात्रि मेला व्यवस्थापन समितिले फागुन ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने मेलाको तयारी तीव्र पारेको जनाएको छ।

तीन दिनसम्म चल्ने कार्यक्रममा जिल्लाभित्रका साथै बाहिरबाट आएका चर्चित डेउडा कलाकारहरूको आकर्षक प्रस्तुति रहने आयोजकको भनाइ छ।

कार्यक्रममा सहभागी कलाकारहरूमा लालबहादुर धामी ‘अछामी बड्डो’, सुनिल नेपाली (लोक तथा डेउडा गायक), सम्मान जप्रेल (देउडा गायक), कर्ण धामी (चर्चित कार्यक्रम ‘उद्घोषक’), दशरथ जप्रेल (मोडेल), ममता धामी, विजय धामी (डेउडा खेलाडी), मदनराज जोशी (भजन–किर्तन संयोजक), शिल्पा क्षेत्री (नृत्याङ्गिनी) तथा बाल कलाकार जोयल सिंह धामी रहेका छन्।

यसका अतिरिक्त थुप्रै स्थानीय कलाकारहरूको पनि दमदार प्रस्तुति रहने आयोजक समितिले जनाएको छ। मेलाको मुख्य बाह्रदेउ ज्यावनी समाज, बझाङ रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट