Techie IT
२०८२ चैत्र २९, आइतबार

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षलाई लुम्बिनी विकास कोषद्वारा भव्य स्वागत


लुम्बिनी विकास कोषले श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षलाई विशेष सम्मानका साथ स्वागत गरेको छ। कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले खादा ओढाएर पूर्वराष्ट्रपतिलाई स्वागत गरे। यस अवसरमा उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलङ्काको नियमित उडानको व्यवस्था गर्न पनि आग्रह गरे।

राजापाक्षको स्वागतमा नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पाथिराना पनि उपस्थित थिए। स्वागतपछि, पूर्वराष्ट्रपतिले मायादेवी मन्दिरको दर्शन गरे। श्रीलङ्कनहरू लुम्बिनीलाई उच्च श्रद्धाका साथ हेर्ने भएकाले उनको यो भ्रमणलाई विशेष महत्व दिइएको थियो।

परिवारसहित लुम्बिनी भ्रमणमा आएका राजापाक्षले शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए। लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले उनलाई लुम्बिनी र मायादेवी मन्दिरको ऐतिहासिक र धार्मिक महत्वबारे विस्तृत जानकारी दिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट