Techie IT
२०८३ भाद्र ८, सोमबार

सिराहा र रूपन्देहीमा दुई जनाको डुबेर मृत्यु


सिराहाको धनगढीमाई नगरपालिका–१२, हस्तीयारा टोल बस्ने ३० वर्षीय पन्चे विश्वकर्मा मंगलबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएका छन्।

अशक्त भएका विश्वकर्मालाई प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा निधन भएको हो। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

त्यसैगरी, रूपन्देहीको रोहिणी गाउँपालिका–१, दुबौलिया बस्ने ५५ वर्षीय राम अधारे यादव पनि सोही ठाउँस्थित माछा पोखरीमा डुबेर बुधबार बिहान मृत्यु भएका छन्।

उनलाई भिम अस्पताल भैरहवामा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। यो घटनाको पनि आवश्यक अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट