Techie IT
२०८२ कार्तिक ८, शनिबार

आज करेन्ट लाग्दा तीन जनाको मृत्यु


देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ।

बर्दिया
ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँका ३६ वर्षीय भिमलाल थारूको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।
ठाकुरबाबा–७ सुन्दरपुरस्थित विद्युतको पोलमा नेट बनाउन चढेका थारू करेन्ट लागी गम्भीर घाइते भएका थिए। उनलाई नगर अस्पताल भुरीगाउँमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

मोरङ
बेलबारी नगरपालिका–८ बरियातिझारका ३७ वर्षीय गोपाल श्रेष्ठको बुधबार बिहान करेन्ट लागेर मृत्यु भएको छ।
आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागी घटनास्थलमै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

बाँके
बैजनाथ गाउँपालिका–७ पेडारीका ४८ वर्षीय झक्कबहादुर भण्डारीको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ।
आफ्नै कुखुरा फर्ममा विद्युतीय तार छोइएर गम्भीर घाइते भएका उनलाई मेडिकल कलेज कोहलपुर पुर्‍याइएपनि उपचारका क्रममा मृत्यु भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट