देशभर विभिन्न स्थानमा ७ जनाको शव फेला

देशका विभिन्न जिल्लामा पछिल्लो दुई दिनमा सात जनाको शव फेला परेको छ। घटनाबारे प्रहरी अनुसन्धान अघि बढाइरहेको छ।
धनुषा
जनकपुरधाम उपमहानगरपालिका–७ मुसहरी टोल जाने बाटो छेउमा करिब ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। उनको नाम, थर र वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
बर्दिया
गुलरिया नगरपालिका–९ टेपरी बस्ने भविसरा खड्काका १० वर्षीय छोरा नवराज गिरी बुधबार पुरानो सर्जु नदी किनारमा मृत फेला परेका छन्।
सुनसरी
इटहरी उपमहानगरपालिका–३ खुर्सानेखाप बस्ने ८० वर्षीय विष्णुराज राई मंगलबार सोही उपमहानगरपालिका–३ तालतलैयास्थित बुढीखोलामा मृत अवस्थामा भेटिएका छन्।
सिन्धुपाल्चोक
मेलम्ची नगरपालिका–३ हैबुङ गुरुङटोलका २३ वर्षीय बिनोद गुरुङ मंगलबार आफ्नै बाख्राफार्ममा मृत अवस्थामा फेला परेका छन्।
कञ्चनपुर
बेलौरी नगरपालिका–३ गोकुलपुर बजार बस्ने ६२ वर्षीय जनार औजी मंगलबार आफ्नै घरमा मृत फेला परेका छन्।
काठमाडौं
कीर्तिपुर नगरपालिका–६ टौदहस्थित बारीमा इलाम घर भएका ३५ वर्षीय प्रदीप राई बुधबार मृत अवस्थामा भेटिएका छन्।
भोजपुर
टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा बस्ने ३४ वर्षीय बालचन्द्र राई बुधबार बम्खुवा खोलाको किनारमा मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस