Techie IT
२०८३ असार २१, आइतबार

आज डुबेर दुई जनाको मृत्यु


रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ बिसौरियास्थित पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। सोही ठाउँ बस्ने ३५ वर्षीय नरबहादुर राना बुधबार राति पोखरीमा डुबेर अशक्त बनेपछि उपचारका लागि क्रिमसन अस्पताल, मणिग्राम लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोरङको मिक्लाजुङ गाउँपालिका–७ शान्ति टोलस्थित बहुउद्देश्यीय कृषि फर्मको माछा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। धनकुटा चौबिसे गाउँपालिका–१ धापगाउँका २९ वर्षीय मिलन तामाङ बिहीबार बिहान पोखरीमा डुबेका थिए। उपचारको प्रयास गर्दा पनि उनलाई बचाउन सकिएन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट