Techie IT
२०८३ असार २१, आइतबार

सिराहामा करेन्ट लागेर दुई जनाको मृत्यु


सिराहा जिल्लामा करेन्ट लागेर छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ।

सिराहा नगरपालिका–४ रमौलका इद महमदका १५ वर्षीय छोरा मो. अम्मादलाई शनिबार राति आफ्नै घरमा जडान गरिएको पानी पम्प (विद्युतीय मोटर) बाट करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई प्रादेशिक अस्पताल सिराहा पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, लहान नगरपालिका–१९ कटहाका ४० वर्षीय कमकलाल सदायलाई शनिबार दिउँसो करेन्ट लागेको हो। आफ्नै घरमा सिटी रिक्सा चार्ज गरी चार्जर झिक्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि लहानस्थित कामना अस्पताल पुर्याइएका सदायको पनि मृत्यु भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट