अफगानिस्तान भूकम्प: मृत्यु १४ सय नाघ्यो, करिब ३ हजार घाइते
पूर्वी अफगानिस्तानमा आएको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले मंगलबार यो जानकारी दिएका हुन्।
उनका अनुसार अहिलेसम्म करिब ३ हजार मानिस घाइते भएका छन्। भग्नावशेषमा फसेका मानिसहरूलाई बाहिर निकाल्न राहत टोलीहरू खटिएका छन्।
आइतबार राति अबेर पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्प पहाडी क्षेत्रमा परेकोले धेरै गाउँका घरहरू पूर्ण रूपमा भत्किएका थिए र मानिसहरू घण्टौँसम्म भग्नावशेषमा पुरिएका थिए।
अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हम्मदले एसोसिएटेड प्रेससँग भनेका छन् कि घाइतेहरूलाई बाहिर निकाल्ने काम जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने सम्भावना छ।



तपाईको प्रतिक्रिया दिनुहोस