Techie IT
२०८२ चैत्र १, आइतबार

उदयपुरमा खोलामा बगेर एकजनाको मृत्यु


उदयपुरगढी गाउँपालिका–६ धपरका ४० वर्षीय तोपबहादुर सार्कीको खोलामा बगेर मृत्यु भएको छ। आइतबार साँझ करिब ५ बजे नेपालटार बजारबाट घर फर्कँदै गर्दा बैजनाथ खोला तर्ने क्रममा उनी बगेका हुन्।

प्रहरीका अनुसार सार्कीको शव खोलाले करिब ५०० मिटर तल पुर्‍याएको अवस्थामा फेला परेको हो। स्थानीयले प्रहरीलाई जानकारी दिएपछि घटनास्थल पुगेको टोलीले शव फेला पारेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ।

सार्कीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट