Techie IT
२०८३ असार २०, शनिबार

रसुवामा बाढीले भक्तपुरका यी ४ जना बेपत्ता


रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्साले बगाउँदा भक्तपुरका ४ जना बेपत्ता भएका छन्।

लाङटाङ घुम्न गएका भक्तपुर ठिमी नगरपालिकाका १६ जनाको टोलीमध्येका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ बाढीले बगाएको प्रहरीले जनाएको छ।

वडा नम्बर ५ ब्याम्बोस्थित होटलमा बसाइ गरेका उनीहरू लाङटाङतर्फ जाँदै गर्दा खोल्साले बगाएको प्रारम्भिक विवरण आएको छ। टोलीका अन्य सदस्यले घटनाबारे जानकारी दिए पनि सडक यातायात अवरुद्ध भएकाले खोजी कार्यमा ढिलाइ भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट