Techie IT
२०८२ माघ १०, शनिबार

इलाममा पहिरोबाट १८ जनाको मृत्यु, गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार


अविरल वर्षाका कारण गएको पहिरोमा परी इलामका विभिन्न स्थानमा १८ जनाको मृत्यु भएको छ । हिजो र आजका पहिरो घटनामा परेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार पहिरोमा परी घाइते भएकी एक गर्भवतीलाई उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ गएको छ। माङसेबुङकी ती गर्भवतीको उद्धारका लागि क्याटेन भूपेन्द्र शाहीको नेतृत्वमा टोली हेलिकोप्टरसहित प्रस्थान गरेको बताइएको छ।

इलामको सूर्योदय नगरपालिकामा पाँच, माङसेबुङ गाउँपालिकाको पाटीगाउँमा तीन, देउमाई नगरपालिका–५ को धारेमा एक, सोही वडाको धुसुनेमा दुई, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा एक र इलाम नगरपालिका–५ घोसगाउँमा छ जनाको पहिरोमा परेर मृत्यु भएको प्रवक्ता पोखरेलले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट