Techie IT
२०८३ असार २०, शनिबार

फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी


फिलिपिन्सको मिन्डानाओ क्षेत्रको तटमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि अधिकारीहरूले तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेका छन्।

भूकम्पको केन्द्रबिन्दुबाट करिब ३०० किलोमिटर टाढा रहेका इन्डोनेसियाको उत्तरी सुलावेसी र पपुवा क्षेत्रमा पनि सुनामीको चेतावनी दिइएको छ। इन्डोनेसियाको भूगर्भिक एजेन्सीले यी क्षेत्रहरू उच्च जोखिममा रहेको जनाएको छ।

प्यासिफिक सुनामी चेतावनी केन्द्रका अनुसार फिलिपिन्सका केही तटहरूमा सुनामीका छालहरू सामान्य ज्वारभाटाभन्दा तीन मिटर (१० फिट) सम्म उचाइमा पुग्न सक्छन्। इन्डोनेसिया र पलाउका केही तटमा भने छालाहरू एक मिटरसम्म अग्ला हुन सक्ने चेतावनी दिइएको छ।

फिलिपिन्सका अधिकारीहरूले पहिलो सुनामीका छालाहरू स्थानीय समयअनुसार बिहान ११:४३ अघि नै आइपुग्न सक्ने र ती छालाहरू ‘घण्टौँसम्म रहन सक्ने’ बताएका छन्।

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थाले तटीय क्षेत्रका बासिन्दालाई तत्काल उच्च स्थान वा भित्री भागतिर जान निर्देशन दिएको छ। डुङ्गा मालिकहरूलाई आफ्ना डुङ्गा सुरक्षित राख्न र पानीको किनारबाट टाढा सार्न आग्रह गरिएको छ। समुद्रमा रहेका डुङ्गाहरूलाई अर्को सूचना नआएसम्म गहिरो पानीमै रहन सुझाइएको छ।

दक्षिणी फिलिपिन्सको डाभाओ ओरिएन्टल प्रान्तका गभर्नर एडविन जुबाहिबका अनुसार भूकम्पका कारण मानिसहरू त्रसित भई भागदौड मच्चिएको र केही भवनहरूमा क्षति पुगेको छ। उनले यो भूकम्प ‘अत्यन्तै शक्तिशाली’ रहेको बताए।

यस हप्तामै फिलिपिन्समा प्राकृतिक प्रकोपहरूको शृङ्खला जारी छ। गत हप्तामात्र सेबु प्रान्तको बोओग तटीय सहरमा गएको ७.० म्याग्निच्युडको भूकम्पमा कम्तीमा ७४ जनाको मृत्यु भएको र ५०० भन्दा बढी घाइते भएका थिए।

फिलिपिन्स टाइफून (सामुद्रिक आँधी) को उच्च जोखिममा पर्ने देश हो। हालै तीव्र आँधी ‘बुआलोइ’ ले देशको मध्यभागका साना टापुहरूमा क्षति पुर्‍याउँदा कम्तीमा ११ जनाको मृत्यु भएको र लाखौँ मानिस विस्थापित हुनुपरेको थियो।

यसै वर्ष सेप्टेम्बरमा आएको सुपर टाइफून ‘रागसा’ देशको उत्तरी कागायान प्रान्तमा ठोक्किँदा ठूलो मानवीय र भौतिक क्षति भएको थियो। सन् २०१२ मा पनि सोही प्रान्तमा टाइफून ‘बोफाका’ का कारण सयौँको मृत्यु भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट