डाेल्मा खाङ हिमाल आरोहणमा गएका १५ विदेशी आरोही सम्पर्क विहिन
डाेल्मा खाङ हिमाल आरोहणमा गएका १५ विदेशी आरोहीसहितको स्वदेशी पथप्रदर्शक समूह सोमबार बिहान रोल्वालिङ क्षेत्रमा रहेको यलुङ रि हिमालको बेसक्याम्प नजिकै हिमपहिरामा परेका छन्।
प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महताका अनुसार, समूह सोमबार बिहान ९ बजेतिर हिमपहिरामा परेका हुन्। उनीहरूको अवस्था अहिलेसम्म यकिन हुन सकेको छैन।
स्थानीय बासिन्दाका अनुसार, सोमबार बिहानैदेखि उद्धारका लागि प्रशासनसँग सम्पर्क भए पनि अझै उद्धारमा ढिलाइ भइरहेको छ। रोल्वालिङ क्षेत्र हेलिकोप्टर उडानका लागि प्रतिबन्धित क्षेत्र भएकाले अनुमतिमा ढिलाइ हुँदा समस्या थपिएको स्थानीयले बताए।
प्रहरीका अनुसार, हिमपहिरामा परेका विदेशी र नेपाली पथप्रदर्शकको खोजी र उद्धारको प्रयास जारी छ। अहिले हेलिकोप्टर उद्धार कार्यका लागि उक्त स्थानतर्फ पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस