Techie IT
२०८२ माघ १०, शनिबार

देशका विभिन्न स्थानमा चार जनाको शव फेला


देशका विभिन्न स्थानमा चार जनाको मृत शरीर फेला परेको छ।

ललितपुर महानगरपालिका–३ सुन्दरीघाटस्थित भत्किएको घरमा नाम, थर र वतन नखुलेको ३४ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्। महोत्तरी, बर्दिबास नगरपालिका–८ बेलगाछी जंगलमा सोही वडा बस्ने ५३ वर्षीय महेन्द्र कापर शनिबार मृत भेटिएका छन्।

मोरङ, जहदा गाउँपालिका–५ सोहलस्थित पोखरीमा सोही गाउँपालिका–४ बस्ने ६० वर्षीया डोम्ना महतो शनिबार मृत फेला परेकी छिन् भने चितवन, भरतपुर महानगरपालिका–१५ देवीचोक बस्ने मकवानपुर घर भएका ७३ वर्षीय कृष्णबहादुर परियार आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट