Techie IT
२०८३ असार २०, शनिबार

डोटीमा माटोको ढिस्कोले पुरिँदा १६ वर्षीया किशोरीको मृत्यु


सांकेतिक

डोटीमा माटोको ढिस्कोमा पुरिँदा एक किशोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया एलिना सिंहको मृत्यु भएको हो। घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाको सहयोगमा उनलाई ढिस्कोबाट निकालिएको भए पनि घटनास्थलमै मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट