Techie IT
२०८२ चैत्र १८, बुधबार

चट्याङको कहर: माछा मारेर फर्कँदै गरेका युवकको मृत्यु


मकवानपुरको बाग्मती नदी किनारमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बागमती–१ भैँसे क्षेत्रमा मंगलबार साँझ करिब ६:३० बजे हावाहुरी र वर्षासहित परेको चट्याङले ३२ वर्षीय अजय पहरी र ३७ वर्षीय उज्वल थोकर घाइते भएका थिए। घाइते थोकरलाई उपचारका लागि हेटौडा ल्याइएको छ।

गम्भीर घाइते पहरीलाई प्रारम्भिक उपचारका लागि झुरझुरेस्थित सान्भि पोलिक्लिनिकमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि हेटौँडा ल्याइए पनि राति ११:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट