चितवन र बाँकेमा डुबेर दुई जनाको मृत्यु
चितवन र बाँकेमा डुबेर दुई जनाको मृत्यु भएको छ।
चितवनको राप्ती नगरपालिका–६ पडरियास्थित माछा पोखरीमा डुबेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँमा बस्दै आएकी बारा घर भएकी २२ वर्षीया पुजा माझी रहेकी छन्। बुधबार बिहान पोखरीमा डुबेकी माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, बाँकेको डुडुवा गाउँपालिका–२ बस्ने ५२ वर्षीय गंगा सागर केवटको पनि नदीमा डुबेर मृत्यु भएको छ। बुधबार बिहान स्थानीय डुडुवा खोलामा नुहाउने वा तर्ने क्रममा डुबेर उनको ज्यान गएको हो।
छुट्टाछुट्टै भएका यी दुवै दुःखद घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनुका साथै थप अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस