Techie IT
२०८३ भाद्र १२, शुक्रबार

बडीकेदार गाउँपालिकामा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु


डोटीको बडीकेदार गाउँपालिकामा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बडीकेदार गाउँपालिका–२ खरहर बस्ने अन्दाजी ५० वर्षीय हर्कबहादुर पल्ली मगरको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ४:४५ बजे स्थानीय डम्बरबहादुर पल्ली मगरको घरमा झ्याल–ढोका बनाउने क्रममा हर्कबहादुरलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनको केही समयमै घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट