कैलालीमा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा ८ वर्षीया बालिकाको मृत्यु
कैलालीको गौरीगंगा नगरपालिका–६ मा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक ८ वर्षीया बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार साँझ करिब ७:४५ बजे स्थानीय तपेन्द्र साउदकी ८ वर्षीया छोरी आयुस्मा साउदलाई आफ्नै घरमा जडान गरिएको पानी तान्ने मोटरबाट करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएकी आयुस्मालाई तत्काल उद्धार गरी उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस