Techie IT
२०८३ असार २१, आइतबार

हात्तीको आक्रमण र आगलागीबाट घरभित्रै सुतिरहेका आमा–छोराको दर्दनाक मृत्यु


चितवनमा जंगली हात्तीको आक्रमण र त्यसपछि सल्किएको आगलागीमा परेर एकै परिवारका आमा–छोराको दर्दनाक मृत्यु भएको छ। शनिबार राति ११ बजे भरतपुर महानगरपालिका–२३ बेलहट्टास्थित स्थानीय पूर्ण बोटेको कच्ची घरमा हात्तीले आक्रमण गर्दा घरभित्र सुतिरहेकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको हो।

भरतपुर महानगरपालिका–२३ का वडाध्यक्ष दीपक दवाडीका अनुसार मध्यराति जंगली हात्तीले घर भत्काउन थालेपछि पूर्ण बोटेले ज्यान जोगाउन र हात्ती धपाउन आगो बाल्ने प्रयास गरेका थिए। सोही क्रममा अचानक कच्ची घरमा आगो सल्किएको र क्षणभरमै घर ध्वस्त भएको प्रहरीले जनाएको छ। घटनालगत्तै स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइए पनि आमा–छोरालाई बचाउन सकिएन।

घटनापछि शनिबार राति नै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, स्थानीय जनप्रतिनिधि, नेपाली सेनाको नयाँ गोरखा गण, मध्यवर्ती उपभोक्ता समिति र प्रहरी टोलीबीच आकस्मिक बैठक बसेको छ। छलफलमा निकुञ्ज कार्यालयमार्फत पीडित परिवारलाई तत्काल उचित राहत उपलब्ध गराउने, क्षतिग्रस्त घरको पुनर्निर्माण गरिदिने र विध्वंश मच्चाउने हात्तीलाई तत्काल नियन्त्रणमा लिने लिखित सहमति भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार घटनास्थलको आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का उठाउने कार्य सम्पन्न भइसकेको छ र शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट