Techie IT
२०८३ असार २९, सोमबार

मोदी खोलामा पानीको सतह ह्वात्तै बढ्दा स्याउलीबजारमा ठूलो क्षति


कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीका कारण मोदी खोलाको जलस्तर एक्कासि बढ्दा नदी किनारका घर तथा पूर्वाधारमा क्षति पुगेको छ।

बाढीले अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमास्थित स्याउलीबजारमा स्थानीय दिलीप गुरुङको घर र होटल पूर्ण रूपमा बगाएको छ। साथै, स्थानीय जगन पुनको रेस्टुरेन्टमा पनि क्षति पुगेको छ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार मोदी खोलाको तीव्र कटानका कारण नयाँपुल–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

यसैबीच, बाढीले किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुल पनि बगाएको छ। अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने उक्त पुल बगेसँगै स्थानीय बासिन्दा तथा स्वदेशी–विदेशी पर्यटकको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ।

अध्यक्ष केसीका अनुसार किम्रुङ खोलामा लेदोसहितको बाढी आएपछि मोदी खोलाको पानीको सतह अचानक बढ्दा उक्त क्षति भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट