Techie IT
२०८३ असोज ७, बुधबार

टेक्सासमा बाढीको वितण्डा, दुई जनाको मृत्यु


अमेरिकाको टेक्सास राज्यमा भीषण वर्षासँगै आएको विनाशकारी बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ। केही प्रभावित क्षेत्रमा बाढीको सतह सामान्य घट्न थाले पनि संकट अझै टरिनसकेको भन्दै अधिकारीहरूले आगामी २४ घण्टा उच्च सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

मौसमविद्हरूका अनुसार बिहीबार रातिदेखि शुक्रबारसम्म पुनः भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । यसले बाढीको जोखिमलाई अझै भयावह बनाउन सक्ने चेतावनी दिइएको छ। टेक्सासका गभर्नर ग्रेग एबटले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सबै नागरिकलाई बाढीको पानी र डुबान भएका सडकहरूबाट टाढा रहन कडा निर्देशन दिएका छन्।

गभर्नर ग्रेग एबटले भने - "आगामी २४ घण्टा टेक्सासबासीका लागि निकै संवेदनशील छ। सबैले विशेष सतर्कता अपनाउनु आवश्यक छ। यदि हामीले बढ्दो पानीको बहाव र डुबानमा परेका सडकखण्डमा सवारी नचलाउने वा प्रवेश नगर्ने हो भने मात्रै पनि थप मानवीय क्षति हुनबाट जोगिन सक्छ।" 

बाढी प्रभावित क्षेत्रहरूमा अहिले उद्धार तथा राहत टोलीहरूलाई व्यापक रूपमा परिचालन गरिएको छ। स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न र मौसमसम्बन्धी आधिकारिक सूचनाहरूलाई निरन्तर पछ्याउन अनुरोध गरेको छ। आगामी केही दिनसम्मै बाढीको उच्च जोखिम कायमै रहने अधिकारीहरूले चेतावनी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट