Techie IT
२०८३ असोज ७, बुधबार

दोलखामा पहिरोले गोठ बगाउँदा वृद्ध बेपत्ता


दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित सिर्पिङ खोला जलविद्युत् आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम नजिकै पहिरो जाँदा एक व्यक्ति बेपत्ता भएका छन्।

आज बिहान साढे २ बजेतिर गएको पहिरोले बाख्राको गोठ बगाउँदा स्थानीय ७३ वर्षीय तसमान तामाङ बेपत्ता हुनुभएको हो। पहिरोले ड्यामका कर्मचारी बस्ने आवसीय घरमा समेत पूर्ण रूपमा क्षति पुर्‍याएको छ।

घटनालगत्तै बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल विपद् मनसुन प्रतिकार्य बेस सिङ्गीटीबाट टोली खटाइएको छ। विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीसहितको टोली घटनास्थलमा परिचालन गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट