Techie IT
२०८३ श्रावण ६, बुधबार

अफगानिस्तानमा भीषण बाढी: २३ जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता


Photo: Sanaullah Seiam/AFP

अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा मनसुनी वायुका कारण आएको भीषण बाढीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन्। प्रान्तीय राजधानी पारुन र आसपासका क्षेत्रमा सोमबार आएको बाढीका कारण १०० भन्दा बढी मानिस बेपत्ता भएका हुन्।

अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (ANDMA) र स्थानीय अधिकारीहरूका अनुसार बाढीले पारुन सहरका घर, होटेल र दर्जनौँ पसलहरू पूर्ण रूपमा ध्वस्त पारेको छ। बेपत्ता हुनेहरूमा पारुन नगरपालिकाका प्रमुख (मेयर) र केही प्रान्तीय कर्मचारीहरूसमेत रहेको गभर्नरको कार्यालयले जनाएको छ।

अहिले विपद् व्यवस्थापन टोली, सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी तथा उद्धारमा जुटेका छन्। तर, पर्याप्त उपकरणको अभावमा उद्धार कार्य कठिन भइरहेको स्थानीय सङ्घसंस्थाले जनाएका छन्।

मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा अझै भारी वर्षा, चट्याङ र हुरीबतासको सम्भावना रहेको भन्दै ३४ मध्ये १० प्रान्तमा 'अलर्ट' जारी गरेको छ। नागरिकहरूलाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ।

यो वर्ष दक्षिण एसियाली देशहरू अफगानिस्तान, भारत र नेपालमा मनसुनी बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। अफगानिस्तानमा मात्रै यस वर्ष बाढी–पहिरोबाट ११० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट