Techie IT
२०८३ असोज ७, बुधबार

पानी ट्याङ्की सफा गर्न छिरेका ठेकेदार र मिस्त्रीको मृत्यु


सांकेतिक

दाङको तुलसीपुरमा निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र दुई जनाको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीमा उनीहरूको शव भेटिएको हो।

मृत्यु हुनेहरूमा सल्यान माल्टा घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ दोहोरा निवासी कमल गिरी र घनश्याम गिरी रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) होमबहादुर पराजुलीका अनुसार प्रारम्भिक अनुसन्धानमा कमल घर निर्माणसम्बन्धी काम गर्ने ठेकेदार र घनश्याम मिस्त्री रहेको खुलेको छ।

पानी ट्याङ्कीभित्र छिरेर सफा गर्ने क्रममा अक्सिजनको कमी भई निसास्सिएर उनीहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

स्थानीयवासीले उनीहरूलाई पानी ट्याङ्कीभित्र मृत अवस्थामा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ खटिएको प्रहरी टोलीले शव निकालेर पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट