Techie IT
२०८३ भाद्र १७, बुधबार

भोटेकोशी बाढीमा परी आजसम्म कतिजनाको मृत्यु पुष्टी भयो ?


रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका १ हजार २०४ जनाको शव विभिन्न जिल्लाहरूमा फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको विवरण अनुसार बाढीका कारण ठूलो धनजनको क्षति भएको छ।

प्राधिकरणका अनुसार विभिन्न जिल्लामा फेला परेका शवहरूको सङ्ख्या यसप्रकार रहेको छ:

चितवन: ३४८ जना

नवलपरासी पूर्व: २१७ जना

नवलपरासी पश्चिम: २०२ जना

नुवाकोट: १५५ जना

रसुवा: ११५ जना

गोरखा: ६९ जना

धादिङ: ६० जना

तनहुँ: ३८ जना

फेला परेका शवमध्ये हालसम्म ९५ वटा मात्रै सनाखत भई परिवारजनले बुझेका छन्।

गएको भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीका कारण ४ हजार २१६ जना अझै सम्पर्कविहीन (बेपत्ता) रहेको प्राधिकरणले जनाएको छ। बाढीमा परी ३०१ जना गम्भीर घाइते भएका छन् भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरी हालसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ।

बाढीका कारण घरबारविहीन भएका ३ हजार ४५३ नागरिकलाई नुवाकोट, धादिङ, रसुवा र काठमाडौँस्थित विभिन्न ‘होल्डिङ सेन्टर’हरूमा राखिएको छ। सरकारले उनीहरूको अस्थायी बासस्थान र राहतको व्यवस्थापन गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट