त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार
त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साह र अर्का एक जनालाई सकुशल उद्धार गरिएको हो।
यसअघि सुरुङभित्र फसेका व्यक्तिहरू र उद्धार टोलीबीच दोहोरो संवाद भएको थियो। उद्धारमा खटिएको टोलीले सुरुङभित्र फसेकाहरूलाई ढाडस दिँदै "नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ" भनी कराउँदा भित्रबाट "हुन्छ" भन्ने स्पष्ट प्रतिक्रिया आएको थियो। सोही संवाद र सङ्केतलगत्तै उद्धार कार्य थप तीव्र पारिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस