Techie IT
२०८३ भाद्र २०, शनिबार

भोटेकोशी बाढी: आज सम्म १,३४४ को शव फेला, ४,८९८ अझै बेपत्ता


भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार बाढीमा परी ज्यान गुमाउने १ हजार ३४४ जनाको शव फेला परेको छ भने ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेका छन्।

प्रहरीको विवरण अनुसार फेला परेका १,३४४ शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ५३ बालिका रहेका छन्। यसैगरी, अन्य ५०१ वटा शवका आंशिक अङ्गहरू मात्र फेला परेकाले हालसम्म तिनको पहिचान हुन सकेको छैन।

बाढीमा बेपत्ता भएका ४,८९८ जनामध्ये २,९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन्। जसमा २,४४८ नेपाली पुरुष र ४८२ नेपाली महिला छन्। यसैबीच, १,३५० जना बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ।

विपद्को जोखिमपूर्ण अवस्थाबाट हालसम्म ८,६३१ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा ७,३८७ नेपाली र १,२४४ विदेशी नागरिक रहेका छन्। बाढीका कारण विस्थापित भएका ३,६५५ जनालाई अहिले विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको छ।

फेला परेका शवहरूमध्ये १,०३० वटा शवको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। मृतकहरूको पहिचान गर्न सहज होस् भनी डीएनए (DNA) सङ्कलन कार्यलाई तीव्र पारिएको छ। हालसम्म १,२६० मृतक र ९७२ मृतकका आफन्त गरी कुल २,२३२ जनाको डीएनए नमुना सङ्कलन गरिएको छ। साथै, हालसम्म पहिचान हुन नसकेका १,२७० जनाको विवरण आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट